लगातार छैटौं दिन घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २.७९ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६०९ अंकमा कायम भएको छ । अघिल्लाे साता सेयर बजार लगातार छैटौं दिनसम्म घटेकाे थियाे ।

आज बजारको अंक घटेपनि कारोबार रकम भने वृद्धि भएको छ। अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५० करोडको भएकाे हाे । आज १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

काराेवारमा आएकामध्य अन्य समूह सबैभन्दा धेरै ४.१९ प्रतिशत बढेको छ । माइक्रो फाइनान्स १.२२ र होटल तथा पर्यटन १.११ प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् । त्यस्तै व्यापार सबैभन्दा धेरै २.६८ प्रतिशत घटेकाे छ। निर्जीवन बीमा ०.८८, उत्पादन ०.३४, जीवन बीमा ०.६७, लगानी ०.२७, हाइड्रोपावर १.३६, फाइनान्स ०.४७, विकास बैंक २.२२ र बैंकिङ ०.१४ प्रतिशत घटे ।

ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै विन नेपाल लघुवित्तको ९.५३, नेपाल पुनर्बीमाको ८.४१, बाराही हाइड्रोपावरको ७.३२, स्वाभिमान लघुवित्तको ६.९८, ओरियन्टल होटलको ६ प्रतिशत मूल्य बढ्यो । यता कर्पोरेट डेभलपमेन्ट बैंकको ८.७१, नेपाल माइक्रोइन्स्योरेन्सको ७.५३, ग्रिन डेभलपमेन्ट बैंकको ६.९४ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here