बिहेको उमेर हद २० वर्ष, १६ मै बिहे गरे बदर नहुने !

काठमाडौं । सरकारले विवाहको उमेर र किशोर-किशोरीबीचको यौनसम्बन्धलाई लचिलो बनाउने गरी मुलुकी अपराध संहितामा संशोधन प्रस्ताव गरेको छ ।

जसअनुसार अहिले २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था भएकोमा प्रस्तावित संशोधनले १६ वर्षमाथिका किशोर-किशोरीको विवाह बदर नहुने व्यवस्था गर्न लागेकाे हाे।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हालै सार्वजनिक गरेको मुलुकी अपराध संहिता संशोधनको मस्यौदाका अनुसार ‘१६ वर्ष उमेर पुगेका व्यक्तिले आपसी मञ्जुरीमा विवाह गरी २० वर्ष उमेर नपुगेसम्म अलग–अलग बस्न मञ्जुर भएकाे अवस्थामा अनुसन्धान अधिकारीले कागज गराई छाड्न सक्नेछन् ।’

मुलुकी अपराध संहिता १ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने,स्वत वदर हुने र यस्तो काम गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ ।

१६ वर्ष नाघेका व्यक्तिको विवाह बदर नहुने प्रस्ताव गरिएकोमा १६ वर्ष भन्दामाथि १८ वर्षभन्दा कम उमेरमा विवाह गरे वा विवाह गराउनेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था प्रस्ताव भने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here