काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।
सभामुखको सचिवालयले यस्ताे जानकारी दिएकाे हाे। प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजेबाट सुरु भएको छ ।
प्रधानमन्त्री ओली अस्वस्थ रहेको कारण देखाउँदै सोमबारको मन्त्रिपरिषद् बैठक पनि रोकिएको थियो ।





















