नवनियुक्त गभर्नर विश्व पौडेलले पहिलो निर्णयका रुपमा एक हजार र पचास दरका नयाँ नोटको डिजाइन तयार गर्ने पहिलो निर्णय गरेका छन् ।
कार्यभार सम्हाले लगतै गभर्नर पौडेलले एक हजार र पचास दरका नया नोटको डिजाइन तय गर्ने निर्णय गरेका हुन् ।
पौडेलले प्रधानन्यायधिश प्रकाशमान सिंह राउत समक्ष सपथ लिएपछि राष्ट बैंकमा पुगेर कार्यभार सम्हालेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । उनले आज बिहान साढे १० बजे सपथ लिएका थिए ।




















