काठमाडौं । ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको निधन भएको छ ।
ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा ल्होत्से फेसको एल्लो ब्यान्ड रिजन नजिक ४० वर्षिय राकेश कुमारको मृत्यु भएको हाे।
विभागका अनुसार उनको ४ जेठका दिन मृत्यु भएको हो । उनले ल्होत्से हिमाल आरोहण गर्न ४ वैशाख २०८२ का दिन एट के एक्स्पिडिसनबाट आरोहण अनुमति लिएका थिए ।
विभागले मृत शरीर काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग समन्वय र सहजीकरण गरिरहेको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।























