ताेलामा १७ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार सुन ताेलामा १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियाे।

यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेकाे छ। आज चाँदि ताेलामा २ हजार २५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here