ओरालो लाग्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

काठमाडौं । साेमबार नेपाली बजारमा सुनको भाउ घटेको छ।
आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यता आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला दुई हजार पाँच रूपैयाँमा कारोबार भएको थियाे।