काठमाडौं। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले बैठक सञ्चालनमा अवरोध गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषय उठान गर्दै प्रतिनिधिसभाको आजको बैठकमा निरन्तर अवरोध गरेका हुन्। जसले गर्दा सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
उनले माओवादी केन्द्रका सांसद वर्षमान पुन र रास्वपाका सांसद शिशिर खनाललाई बोल्न समय दिएका थिए । दुवैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन समितकिो माग गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई आग्रह गरे ।
प्रतिपक्षले गृहमन्त्रीको राजीनामा नआउँदासम्म बैठक चल्न नसक्ने अडान लिएका छन्।


























