ऊर्जा सम्मेलन मंसिर ५ र ६ गते, नेपालबाट भारत—बङ्गलादेश विद्युत व्यापारबारे छलफल हुने

काठमाडौं, ६ कात्तिक । ‘ऊर्जा सम्मेलन २०१९’ मंसिर ५ गतेबाट काठमाडौंमा आयोजना हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पानल) ले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मंसिर ५ र ६ गते आयोजना हुने जानकारी दिएको हो ।

सम्मेलनमा नेपालबाट भारत र बङ्गलादेशमा विद्युत व्यापारको लागि छलफल हुने इप्पानका महासचिव आशिष गर्गले बताए ।

‘सम्मेलनमा विश्वका विभिन्न देशका मानिसहरु सहित ७५० भन्दा धेरै व्यक्तिहरुको उपस्थिती रहने छ’ उनले भने ‘सम्मेलनको मुख्य उदेश्य नेपालबाट भारत र बङ्गलादेश विद्युत व्यापारको बाटो खोल्नु हो ।’

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणले दिएको भन्दा धेरै मूल्यमा नेपालबाट विद्युत किन्नको लागि भारत र बङ्गलादेश तयार रहेको इप्पान उपाध्यक्ष कुमार पाण्डेले बताए ।

‘प्राधिकरणले दिएको भन्दा धेरै मूल्यमा विद्युत किन्नको लागि भारत र बङ्गलादेश तयार भएका छन्’ उनले भने ‘यी दुवै देशबाट सन् २०३४ सम्ममा २४ हजार मेगावाट भन्दा धेरै विद्युत माग भएको छ ।’

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । साथै ऊर्जामन्त्री, जलश्रोत मन्त्री तथा अर्थमन्त्री मुख्य आतिथ्य रहेको छ ।

सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, चीन, नेदरल्यान्ड, नर्वे ब्राजील आदी देशका सरकारी संस्थाका प्रतिनीधीहरुले प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here