चीनले अमेरिका आफ्नो व्यापार सम्झौतासँगै रहेको विश्वासलाई गम्भीर रूपमा कमजोर पार्दै उल्लङ्घन गरेको आरोप लगाएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जेनेभामा गत महिनामा सम्पन्न वार्ताका क्रममा चीन र अमेरिका ले एक-अर्काबाट आयात गरिने सामानमा भन्सार महसुल घटाउने सहमति गरेका थिए।
तर, चीनको दाबी अनुसार अमेरिकी प्रशासनले उक्त सहमतिको उल्लङ्घन गर्दै विभिन्न व्यापार नीतिहरूलाई पुनस् कडा बनाएको छ। मन्त्रालयका प्रवक्ताले भने अमेरिकाको कदमले जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका नेता सी जिनपिङबीच भएको टेलिफोन वार्ताका क्रममा प्राप्त सहमतिलाई पनि गम्भीर रूपमा असर गरेको छ।
यो प्रतिक्रिया त्यसपछि आएको हो जब शुक्रबार राष्ट्रपति ट्रम्पले चीनले आफ्नो सहमतिलाई पूर्ण रूपमा उल्लङ्घन गरेको टिप्पणी गरेका थिए।
यस व्यापार विवादले आगामी दिनमा चीन(अमेरिका सम्बन्धमा थप तनाव उत्पन्न गर्ने सम्भावना रहेको छ।मे महिनामा जेनेभामा सम्पन्न व्यापार वार्तामा अमेरिका र चीनले एक(अर्काबाट आयात गरिने सामानमा भन्सार महसुल घटाउने सहमति गरेका थिए। अमेरिकाले चिनियाँ सामानमा लगाइएको महसुल १४५ प्रतिशतबाट ३० प्रतिशत मा घटाएको थियो भने चीनले अमेरिकी सामानमा लगाइएको महसुल १२५ प्रतिशतबाट १० प्रतिशत मा घटाएको थियो।
तर, सोमबार चीनले अमेरिकाले सम्झौताका विभिन्न शर्तहरू उल्लङ्घन गरेको आरोप लगायो। चीनका अनुसार अमेरिकाले चिनियाँ कम्पनीहरूलाई कम्प्युटर चिप डिजाइन सफ्टवेयर बिक्री रोक्न, हुवावे द्वारा निर्मित चिप प्रयोग नगर्न चेतावनी दिन, तथा चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्न थालेको छ।
विश्लेषकहरूका अनुसार जेनेभामा भएको सम्झौता अप्रत्याशित रूपमा सम्पन्न भएको थियो, किनकि दुबै पक्ष व्यापार सम्बन्धी धेरै मुद्दाहरूमा निकै टाढा रहेका थिए।
साभार बिबिसी





















