कोक, पेप्सी र नेस्लेले फैलाइरहेका छन् विश्वभर प्लाष्टिकजन्य फोहोर

मनिला, ७ कात्तिक । विश्वभर प्लाष्टिकजन्य फोहोरको विगविगी छ । यस्तो फोहोर मानवमात्र नभई सम्पूर्ण जीवजन्तुका लागि समेत हानिकारक छ ।

तर संसारभर प्लाष्टिकजन्य फोहोर फैलनुमा कोक, पेप्सी तथा नेस्लेजस्ता बहुराष्ट्रिय कम्पनीको मूख्य हात रहेको प्रतिवेदनले औल्याएको छ ।

बुधबार फिलिपिन्सको मनिलामा आयोजित एक कार्यक्रममा ब्रेक फ्री फ्रम प्लास्टिक्स नामक पर्यावरणसम्बन्धी विश्व संगठनले एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार धर्तीमा प्लाष्टिकका लाखौं टुक्रा अलपत्र अवस्थामा छाडिएको छ । यसमा बुहराष्ट्रिय कम्पनीहरुको मूख्य भूमिका देखिन्छ ।

कोकाकोला, नेस्ले तथा पेप्सिलगायत कम्पनीदे संसारभरका धेरै मुलुकमा आफ्नो विजेनश फैलाएका छन् । तर, उनीहरु वातावरणप्रति सचेत छैनन् । त्यसकाररण पर्यावरणमा नकारात्मक असर पुगिरहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

यो पर्यावरण सम्बन्धी एक दवाव समूह हो । समूहमा आवद्ध स्वयंसेवकहरुले एक महिना पहिले विभिन्न ५१ देशमा सरसफाई अभियान चलाएका थिए ।

त्यसक्रममा करीव ५ लाख प्लाष्टिकका हानिकारक टुक्रा फेला परे । त्यसमध्ये पनि ४३ प्रतिशत कुनै न कुनै बहुराष्ट्रिय कम्पनीको ब्राण्डयुक्त रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस प्रतिवेदन अनुसार संसारमा प्लाष्टिकजन्य फोहोर उत्पादनमा सबैभन्दा अगाडी कोकाकोला छ ।

यो संस्थाका अनुसार चीन, इंडोनेशिया, फिलीपिन्स, भियतनाम र श्रीलंकाका समुन्द्री तटमा बढी यस्तो फोहोर भेटिएको छ । तर, एसियामा फोहोर फैलाउने यी बुहराष्ट्रिय कम्पनीका मूख्यालय भने यूरोप र अमेरिकालगायतमा रहेको छ ।

प्रतिवेदन अनुसार कोक, पेप्सी, नेस्लेबाहेक मोन्डेलेज इंटरनेशनल, यूनीलिवर, मार्स, पीएंडजी, कोलगेट जस्ता कम्पनीको पनि उत्तिकै ठूलो हात रहेको छ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here