क्यालिफोर्नियाकाे लस एन्जलस सहरमा कर्फ्यू आदेश जारी गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन उग्र बन्दै गएपछि लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
प्रदर्शनकारीहरूले गाडी जलाउने, सडकमा ढुंगामुढा गरेपछि मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। प्रदर्शनकारीहरूले लस एन्जलसको आप्रवासन तथा भन्सार सेवा (आइसिई) र मेट्रोपोलिटन डिटेन्सन सेन्टर आसपास प्रदर्शन गरेका थिए।
मंगलबार २०० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ परेका छन्।
आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मारेपछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियाको मुख्य सहर लस एन्जलस लगायत ठाउँमा शुक्रबार र शनिबार सो कदमको विरोधमा जनप्रदर्शन भएको थियो।