काठमाडौं । इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर खुलेको छ।
लघुवित्तले एक जना नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) माग गरेको हो।
कुनैपनि विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको जाेकाेहिले पनि साे पदमा आवेदन दिन सक्नेछन् ।
उमेर हद ३० वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनु पर्नेछ। यता महिलाको हकमा भने पाँच वर्ष थप हुने बताइएकाे छ।