इजराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)को गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन्। गुप्तचर विभाग प्रमुख मोहम्मद काजेमी, उपप्रमुख हसन मोहकिक र कमान्डर मोहसिन बाकेरीको मृत्यु भएको हो । इजराइलले आइतबार गरेको हमलामा उनीहरूको मृत्यु भएको इजराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि फक्स न्युजसँगको अन्तर्वार्ता क्रममा पुष्टी गरेका छन् ।
इजराएली हमलामा आइआरजिसी प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी शुक्रबार नै मारिएका थिए ।
न्यू योर्क टाइम्सका अनुसार आइआरजिसीको वायुसेना प्रमुख जनरल अमिर अली हाजीजदेह, इरानी सशस्त्र बलका इन्टेलिजेन्स उपप्रमुख जनरल घोलम्रिजा मेहराबी, सशस्त्र फोर्सका सहायक कमान्डर जनरल मेहदी रब्बानी ,सर्वोच्च नेता आयातोल्लाह अल खामेनीका मुख्य सल्लाहकार तथा लोकप्रिय नेता अली शमखानी पनि शुक्रबारकै हमलामा मारिएका छन्।
























