विनयी खोलाको डाइभर्सन बगायाे, यातायात प्रभावित

काठमाडौं । पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन प्रभावित भएको छ ।

गएरातिको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गकाे आवागमन प्रभावित भएकाे हाे।

मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि गाउँ हुँदै दुम्किबास बजार निस्किने गरेका छन् ।

दुम्किबास दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सन्चालनमा समस्या भएको हो । त्यसैले दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

त्यहाँ करिब दुई सय सवारी साधनहरुको लाइन लागेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन दाउन्ने खण्डमा गाडी फस्ने समस्या देखिएपछि स्काभेटर अपरेटरलाई बाटो सम्याउन लगाउने र गाडी पास गराउने कोसिस गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here