काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा सहज रुपमा संसद सञ्चालनका लागि वातावरण बनाउने विषयमा छलफल भएको थियो ।
त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको मागलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै रास्वपाले संसदमा नाराबाजीसहित प्रदर्शन गर्दै आएको छ ।
बिरोधकाबीच बैठक सन्चालन गरेको भन्दै उनको आलोचना पनि भएको छ । नेकपा माओवादी केन्द्रले पनि सुरुमा गृहमन्त्री लेखकको राजीनामा माग्दै संसदमा विरोध जनाएकोमा भिजिट भिसाको नाममा हुने अनियमिताको विषयमा छानविन गर्न एक महिनाभित्र समिति बनाउने सहमतिसँगै अवरोध हटाएकाे थियो ।























