निलो रिबन लगाएर पुगे रास्वपा सांसद, निष्कासन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदहरु निलो रिबन लगाएर प्रवेश गरेका थिए ।

‘यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्‌मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ काङ्ग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भनेका छन् ।

साथै उनले यस्ता ड्रेसलाई संसद्को मर्यादाभित्र पर्ने वा नपर्ने भन्दै सभामुख घिमिरेलाई प्रश्न गरे ।

‘यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने हो भने त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ?,’ उनले भनेका छन्, ‘यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यले सभामुखले चेतावनी र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि आवश्यक छ भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here