घट्याे नेप्से परिसूचक, काराेबारमा पनि कमि

काठमाडौ । मंगलबार नेप्से परिसूचक घटेको छ। नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा बन्द भएको छ। आज परिसूचक संगै कारोबार रकम पनि घटेको छ।

सोमबार १३ अर्ब १८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको छ।

आज ३०६ वटा कम्पनीको एक करोड ६४ लाख ७७५ कित्ता सेयर किनबेच भएको हो। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

यसदिन माइक्रोफाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.१० प्रतिशतले बढेको छ। मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ। यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here