काठमाडौं । अभिनेता विपिन कार्कीले रवि लामिछानेबारेको हस्ताक्षर अभियानमा भाग लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पुगेर पार्टीले संचालन गरिरहेको अभियानमा भाग लिएका हुन्।
आइतबार दिउँसो रास्वपा कार्यालय पुगेर ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’मा विपिनले हस्ताक्षर गरेका हुन् ।
पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले ७ असारदेखि अभियान संचालन गरिरहेको छ ।