भिजिट भिसा प्रकरणबारे बैरागीको नेतृत्वको छानबिन समितिलाई रास्वपाद्वारा अस्वीकार

'आरोपीले नै आफै अनुसन्धान अधिकृत छान्ने ?हामी नयाँ हौं तर बेवकुफ होइनौं। '

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)ले भिजिट भिसा प्रकरण गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई अस्वीकार गरेको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन भएको जानकारी दिएलगतै रास्वपाले अस्विकार गरेकाे हाे । रास्वपाका उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले बोल्दै उक्त छानबिन समितिलाई अस्वीकार गरेको बताएका हुन्।

‘आरोपीले नै आफै अनुसन्धान अधिकृत छान्ने ?हामी नयाँ हौं तर बेवकुफ होइनौं। उनले भने जाँचबुझ आयोग ऐन अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्नुपर्छ भनेका हौं। यसरी गोजीबाट मान्छे टिपेर ल्याउन नसकोस् भनेर,’ ।

रास्वपाले संसदमा गृहमन्त्री लेखकको राजीनामा माग र उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध जनाउँदै आएको छ।

‘अध्यागमन र भिजिट भिसाकाे समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२’ लाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनेको छ।

यस समितिमा ६ वटा मन्त्रालयका प्रतिनिधिहरू राखिएका छन्।सहसचिवहरू अर्थमन्त्रालयका तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरूणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालय मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदिप कोइराला र गृहमन्त्रालयबाट आनन्द काफ्ले सदस्य सचिव छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here