काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। शनिबार बसेकाे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन्।
प्रम ओली आज साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेका छन्।
असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै स्पेन जान लागेका हुन्। २१ जनाकाे टाेलिसहित असार १५ गते उनी स्पेन पुग्नेछन्।






















