कञ्चनपुरको एक केन्द्रमा अति भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ, पश्चिम नेपालको केही नजिक रहेकोले त्यसैको प्रभावको कारण सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षा भइरहेको छ।

कञ्चनपुरको एक केन्द्रमा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।।

विभागका अनुसार कञ्चनपुरको बेलौरी केन्द्रमा पछिल्लो २४ घन्टामा २५५ मिलिमिटर वर्षा भएको छ। त्यस्तै धनगढी विमानस्थलमा १९३ मिलिमिटर वर्षा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here