काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ ।
यसअघि आइतबार र सोमबार ९ बढेकाे बजारले आज पनि निरन्तरता पाएकाे हाे।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भएकाे छ।
आज कारोबारमा आएका २१७ कम्पनीको मूल्य बढे भने ३१ को घटेका छन् । आज अधिकांश सेक्टरका सूचक बढेका छन् । जसमा लगानी समूह सबैभन्दा धेरै २.३८ प्रतिशत बढेकाे छ।
त्यस्तै बैंकिङ १.०९, विकास बैंक १.२१, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर १.३८, जीवन बीमा १.१२, माइक्रोफाइनानस २.२२, निर्जीवन बीमा १.०५, अन्य ०.४८ प्रतिशत बढे । यता उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूह ०.६१ प्रतिशत घटेका छन्।
सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको मूल्य बराबर ९.८७ प्रतिशत बढेका छन्। आज बरुण हाइड्रोपावरको ८.४१, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ८.३१ र सपोर्ट माइक्रोफाइनान्सको ८ प्रतिशत बढेका छन्।