काठमाडौं । बुधबार देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। महाशाखाले आज बुलेटिन मार्फत बाढी पहिरोका घटनाबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, बैतडी,बागलुङ, म्याग्दी दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ ।
त्यस्तै सङ्खुवासभा, रसुवा,कास्की, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने देखिएको छ ।
यस्तै आज झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम मात्र देखिएको बाढी महाशाखाले जनाएको छ ।























