काठमाडौं । तिब्बतबाट आएको बाढी प्रभावितलाई उद्धारका लागि गएका सशस्त्र प्रहरी बलका एक जना कर्मचारी आफैं घाइते भएपछि उद्धारको प्रयास भइरहेको छ ।
गोसाईंकुण्ड गाउँपालिका–३, लिङलिङ भिरमा फसेका प्रहरी सहायक हवल्दार विशाल थापाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न लागिएको हाे।
सशस्त्र प्रहरीको २ नम्बर गुल्मबाट गएको टोलीमध्ये उनी खोंचमा खसेर घाइते भएका थिए । त्यसपछि उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर मगाइएको थियो ।
उद्धार गरेर ल्याएर उनको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचार हुनेछ ।


























