घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री गुप्तालाई हटाउने तयारी

काठमाडौं । घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं फर्किएर यसबारे निर्णय लिने बताइएकाे छ।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ भन्दै मन्त्री गुप्ताको अडिओ सार्वजनिक भएको थियो।सार्वजनिक भएको अडियोमा गुप्ताले अर्का मन्त्री बलराम अधिकारीलाई पनि घुस लिएको आरोप लगाएका छन् ।