प्रचण्डले भने ‘घुस डिल गरेको अडियो बाहिरिँदा पनि प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा पनि प्रधानमन्त्रीले एक्सन नलिनुलाई लाजमर्दो काम भनेका छन् ।

सोमबार संसद्‌मा सम्बोधनपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताएका हुन्। उनले भने ‘यो त लाजमर्दो कुरा भयो, देशकै बेइज्जत भइराखेको छ, सरकारको त कुरै छोडिदिनुस्, लाज पचाएको जस्तो भएको छ ।’

उनले थपे ‘सुशासन आयोगको अध्यक्ष भनेर सरकार आफैं बस्ने आफ्नै क्याबिनेटका मन्त्रीहरूको खुलेआम अडियो र भिडियो बाहिर आउँदा पनि केही गर्न नसक्ने, यो भन्दा कमजोर, लाचार र निरीह सरकार अरु कहाँ हुन्छ।’

साे अवसरमा उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टीआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी पनि गरे ।
प्रचण्डले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केहीपनि साँठगाँठ नगरेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here