सेयर बजार ३४.४६ अंकले बढ्याे, काराेवारमा पनि वृद्धि

काठमाडौं । मंगलबार सेयर बजार ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि बजार २७६० अंकमा पुगेको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भएकाे हाे। कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घटेकाे छ।

आज सेयर बजारका सबै सूचक उकालाे लागेकाे छ। आज बैंकिङ समुह सबैभन्दा धेरै १.८१ प्रतिशत बढेकाे छ। त्यस्तै विकास बैंक १.२२, फाइनान्स १.७९, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.७१, लगानी १.०८, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा ०.७६, अन्य ०.५२ तथा व्यापार ०.८५ प्रतिशत बढेका छन्।

सुपर मादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.०८ प्रतिशत बढेकाे छ।

आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेका छन्।