साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपाल आज भुटानसँग खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१गोलअन्तरले हराएको थियो । त्यस्तै दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ ।

प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ । त्यस्तै ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएकोमा अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here