काठमाडौं । भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको मृत्यु भएको छ । साे दुर्घटनामा ८ जना बेपत्ता छन् ।
पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो । पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको हाे।‘विफा’ नाम दिइएको तुफानले जनधनको क्षति भियतनाममा क्षति पुर्याएको छ ।
घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ ।

























