पहिरोले अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध

प्रतिकात्मक तस्विर

काठमाडौ । अविरल वर्षाका कारण पहिरो र लेदोको कारण अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ ।

लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको हाे।
अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । सडक अवरुद्ध भएपछि ठूला सवारी र कन्टेनर बाटोमै र‍ोकिएका छन् । सडक अवरुद्ध सँगै जुरेमा बिजुलीको प‍ोल ढलेको छ ।

पहिरोले सीमावर्ती तातोपानी, त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबीसे नगरका स्थानीय प्रभावित भएका छन् । तातोपानी नाकाबाट सामग्री ल्याएका र लिन गएका कन्टेनर रोकिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here