रास्वपाले सोध्यो ‘एमालेले मात्रै कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण के हो ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा एमालेले मात्रै सरकारी कर्मचारीका लागि कुलिङ पिरियड चाहिँदैन भन्नुको कारण सोधेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा सांसद विनिता कठायतले कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौं भन्दा नेकपा एमालेले मात्रै राख्नु पर्दैन भन्नुको कारणबारे जिज्ञासा राखेका हुन् ।

‘सुन्दैछौं अहिले केही आसेपासेहरूलाई निजामती सेवा छोड्नासाथ राज्यका अंगहरूमा नियुक्ति गरेर शक्ति सन्तुलन बिगार्न कुलिङ पिरियड नराख्ने भनिएको छ । यसमा होस पुर्‍याइयोस् जनताले नजिकबाट हेरिरहेका छन् ’ उनले भनिन् ।

राष्ट्रिय सभामा विधेयकमाथि संशोधन हाल्दै एमालेका सांसदहरूले प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान रहेको दफा नै झिक्नुपर्ने प्रस्ताव राखेका छन् । कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीले राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि निश्चित समय संवैधानिक, कूटनीतिक वा अन्य नियुक्ति लिन नपाउने सम्बन्धी प्रावधान हो । नेपालमा हालसम्म यस्तो अभ्यास प्रचलनमा छैन ।

प्रतिनिधि सभाले सरकारी कर्मचारीका लागि २ वर्ष कुलिङ अफ पिरियडको प्रावधान लाग्ने प्रावधानसहित विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएकोमा एमाले सांसदहरूले कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान झिक्नुपर्ने प्रस्ताव राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here