तोलामा ३ हजार ४ सयले बढ्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य पुगेकाे छ ।

शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here