सुनको भाउ घट्दा चाँदीमा बृद्धि, यस्तो छ आजको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

मंगलबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय २५ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला प्रतितोला २० रूपैयाँ बढेको हो।