कैलालीको खुटिया नदीमा डुबेर चार किशोर बेपत्ता

काठमाडौं । कैलालीको खुटिया नदीमा डुबेर चार जना बेपत्ता भएका छन् । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेकाेमा अन्य तीन जनाको सकुशल उद्धार गरिएको छ ।
नदीमा बेपत्ता भएका किशोरहरूको खोजी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here