२ लाख माथि पुग्यो सुनको भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो ।

यसअघि साउन २३ गते १ लाख ९९ हजार ४ सय रुपैयाँको रेकर्ड बनेको थियो । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २३५५ रुपैयाँ रहेको चाँदी आज २३६० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here