डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग डिभोर्स भएको कागज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे रुपन्देही–३, को उपनिर्वाचनका उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भएको कागज सार्वजनिक गरेका छन्। बहुविवाह गरेको भन्दै समाचार प्रकाशित भएपछि डा. थापाले रुपन्देही जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको आदेश नै सार्वजनिक गरेका हुन् ।

थापाले पहिलो श्रीमतीसँग २०७९ साल माघ १५ गते सम्बन्ध विच्छेद गरेकाे साे कागजले देखाएको छ।

उनले परिस्थितिजन्य कारणले आफूले जीवनमा दुई पटक विवाह गर्न परेकाे बताएका छन्। मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो’ उनले भने। साथै सम्बन्ध विच्छेद भएकी श्रीमतीसँगको सन्तानकाे बाबा भएको समेत जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here