उकालाे यात्रामा सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेवार

काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । यसै क्रममा मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ पुगेकाे छ ।

सोमबार छापावाल सुन तोलामा २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदी २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here