प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता

१७ भदौ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार
बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा ओली र उपराष्ट्रपति चङबीच दुई पक्षीय भेटवार्ता भएको हाे।

प्रधानमन्त्री ओली आजै चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा भाग लिएका थिए। साे सम्मेलन पश्चात् प्रधानमन्त्री बेइजिङ पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here