प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जनचासो बढ्दै,नेकपा नेताले भेट्न पाएनन्

काठमाडौं, १४ कात्तिक । धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जनचासो बढ्दै गएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानाकारी लिनको लागि अस्पतालमा पुगेका नेकपा नेता नारायणकाजी श्रेष्ठ र भीम रावल नभेटी अस्पतालबाट फर्किएका छन्।

ओलीको मिर्गौलाको डायलाइसिस भइरहेको नेकपा नेता भीम रावलले बताएका छन्। उनलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेका थिए ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट्न नपाए पनि नेताहरुले उपचारमा संलग्न चिकित्सकहरुसँग उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार, उपचारमा संलग्न चिकित्सक, निजी चिकित्सक र अस्पतालले भने डायलाइसिस गरिएको विषय लुकाइरहेको छ। स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विज्ञप्ति जारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here