सूर्या लाइफ इन्स्योरेन्सको ३ लाख ९ हजार कित्ता शेयर २४ गते देखि लिलामीमा

काठमाडौं १४ कात्तिक । सूर्या लाइफ इन्स्योरेन्सले कात्तिक २४ देखि शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रदमा बिक्री नभएको ३ लाख ९ हजार ३०२ कित्ता शेयर बिक्री गर्न लागेको हो । संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणहरुको तर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता शेयर गरी सो बराबरको शेयर लिलामीमा बिक्री गर्नेछ ।

कम्पनीले ७० प्रतिशत हकप्रद बिक्रीका लागि खुल्ला गरेको थियो । कुल ८८ लाख ७४ हजार कित्ता बिक्रीका लागि खूल्ला गरिएकोमा ३ लाख ९ हजार कित्ता शेयर बिक्री भएको थिएन । लिलामीको व्यवस्थापन एनआइसी एसिया क्यापिटलले गर्ने भएको छ ।

इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते सम्म हकप्रद शेयर बिक्री गरेको थियो । कम्पनीको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँमा तोकिएको छ । त्यस अनुसार न्युनतम मूल्य भन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्नेछ ।

आबेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक तर्फ अधिकतम सबै कित्ताको लागि र सर्वसाधारण तर्फ अधिकतम ५० हजार कित्ता सम्मको लागि मात्रै आबेदन गर्न सकिनेछ ।

लिलामीको लागि फारम एनआइसी एसिया क्यापीटलका अलावा सूर्यलाइफको उपत्यका बाहिरको शाखा कार्यालयहरु बिरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र सुनसरीमा पाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here