जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ जनाले छाेडे पार्टी

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्ष खानसहित केन्द्रीय प्रवक्ता शरद सिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी, राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी परित्याग गरेका हुन्।

पार्टी अध्यक्षलाई राजीनामा दिन अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए ।

पार्टिका प्रवक्ता डा.शरदसिंह यादवले आफुहरुले पार्टी खोल्न नभइ अध्यक्ष लाई सजिलो होस् भनेर पार्टी छोडेकाे बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here