ओरालो लाग्यो सेयर बजार, काराेबारमा पनि कमि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भएकाे हाे ।

आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ५ को स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढेका छन्। त्यसैगरी विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटेका छन्।

हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । कालिका पावरको ६.७२, गुराँस लघुवित्तको ६.२९ प्रतिशत मूल्य बढ्यो । सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घट्यो । नारायणी डेभलपमेन्ट बैंकको ५.८५, समता घरेलु लघुवित्तको ४.७४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर, लुम्बिनी विकास बैंक छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here