अमेरिकी डिभी फारम भर्दा १ डलर शुल्क तिर्नुपर्ने

११ असोज, काठमाडौं । अमेरिकी डिभी लट्रीको आवदेन फारम भर्न अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ । पहिले डिभी आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो । अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने छ ।

धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले सबै आवेदकबाट एक डलर शुल्क लिने निर्णय गरिएको अमेरिकाको फेडरल रजिष्टरले जारी गरेको सूचनामा उल्लेख छ ।

यो नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ । सन् २०२५ को अक्टुबरको सुरुमा खुल्दैछ ।

डिभीको फारम भर्दा पासपार्ट अनिवार्य चाहिने नियम यथावत राखिएको छ । त्यस्तै डिभी परिसकेपछि भिसा शुल्कवापत तिर्नुपर्ने ३३० डलर शुल्क पनि यथावत राखिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले डिभी लट्री तिर्दा लाग्ने शुल्क, भुक्तानी गर्ने तरिका र यो नयाँ नियम लागु हुने देशबारे छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

आवेदन शुल्क अमेरिकी सरकारको आधिकारिक भुक्तानी पोर्टलमार्फत् अनलाइन फारम भरेर बुझाउने बेला तिर्नुपर्छ । शुल्क तिरिसकेपछि मात्रै फारम सबमिट हुनेछ ।

अनतर्राष्ट्रिय भुक्तानीमा भिसा, मास्टर कार्ड, पेपल, अमेरिकन एक्सप्रेस आदि कार्डहरु प्रयोग हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here