ठगीको नयाँ तरिकाः राजपरिवारको नक्कली कागजपत्र बोकेर ठगी

काठमाडौं । विवाहमा सहभागि हुने र उनीहरुबाट पैसा ठगी गर्ने गरेको आरोपमा १ बौद्ध भिक्षु सहित ५ जना पक्राउ परेका छन् ।

थाइल्याण्डमा ठगी गर्ने नयाँ तरिका अपनाउँदै ठगहरु विवाहमा सहभागि भई ठग्ने गरेको पाईएको छ । यस्तो चोरी राजपरिवारको सदस्य भएको भन्ने नक्कली कागजपत्रबाट हुने गरेको थियो ।

बैंकको वरिपरीका स्थानमा २ महिला र ३ जना पुरुषले यस्तो काम धेरै समयअघिदेखी गर्दै आएका थिए । जसबाट उनीहरुले ५ लाख डलर भन्दा धेरै रकम कमाई गरेका छन् ।

प्रहरीका अनुसार उनीहरुसंग राजपरिवारको सदस्य भएको नक्कली कागजपत्र पनि थियो । एक दम्पत्तीले दिएको जाहेर अनुसार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

थाइल्याण्डमा राजपरिवालाई धेरै सम्मान र आदर सत्कार गरिन्छ । तर, नक्कली रुपमा आफूलाई राजपरिवारको सदस्य बताएमा कारवाहीको व्यवस्था पनि छ । (बीबीसीबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here