दसैं बिदामा पैसा झिक्न नपाएको राष्ट्र बैंकले आज ९० अर्ब बजारबाट तान्दै

बजारमा ऋण दिन मिल्ने रकम बढेपछि राष्ट्र बैंकले आज मंगलबार पनि वित्तीय प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । गत साता दसैं विदा परेकाले राष्ट्र बैंकले पैसा निकाल्न पाएको थिएन । दसैं विदा पछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भएपनि उल्लिखित पैसा निकाल्न लागेको हो । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १२ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । राष्ट बैंकले आइतबार र बुधबार नियमित रुपमा पैसा झिक्दै आएको थियो ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here