ताेलामै २ लाख ३८ हजार पुग्याे सुन

२२ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here