नेपाली मूलकी समृद्धि रिमाल अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल

काठमाडौं । नेपाली मूलका समृद्धि रिमाल अमेरिकी सेनाको मेजर बनेकी छन् । सम्भवतः त उनी नै हुन् नेपाली मूलकी अमेरिकी सेनामा कार्यरत उच्च तहमा पुग्ने पहिलो नेपाली महिला ।

अमेरिकाको डालसमा हुर्किएकी समृद्धि १८ वर्षको उमेरमा हाइस्कुल शिक्षा पूरा गरेपछि अमेरिकी सेनामा भर्ती भएकी थिइन् । अमेरिकी रक्षा मन्त्रालयको मेजर पदमा कार्यरत रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन् ।

समृद्धि अमेरिकी सेनामा उच्च तहमा पुगे पनि नेपालबाटै अमेरिकी सेनामा आबद्ध हुने व्यवस्था भने छैन । उनी हाल अमेरिकाका रक्षा मन्त्रालयमा कार्यरत छिन् । नेपालीहरूलाई सहज रूपमा अमेरिका जान वातावरण नरहे पनि धेरै नेपालीहरू अमेरिकामा रहँदै आएका छन् ।

११ वर्षको सानै उमेरमा परिवारसँग अमेरिका पुगेकी समृद्धिले १८ वर्षको उमेरमा उच्च शिक्षा हासिल गरेर अमेरिकी सेनामा आबद्ध भएकी हुन् । भने स्नातकोत्तरको शिक्षा सोनाम आबद्ध भइसकेपछि पुरा गरेकी हुन् ।

नेपाली मूलका भएर पनि अमेरिकी सेनामा कार्यरत हुन पाउँदा खुसी लागेको बताइन् । उनी भन्छिन्, ‘अमेरिकाको सोनाम कार्यरत हुन पाउँदा खुसी छु । यहाँ तालिम मात्र होइन, राम्रो हेरचाह पनि हुँदो रहेछ ।’

अमेरिकी सेनामा सुरुमा २, ३ वार्षमात्रै काम गर्ने इच्छा रहेको सुनाउँदै उनले भनिन्, यहाँ मलाई २, ३ मात्र काम गर्ने सोचमा थिएँ । तर, राम्रो वातावरण पाएपछि फर्कन सकिनँ । बानी पर्‍यो यतै रमाएँ ।’

उनले अमेरिकी सोनाम भर्ती हुने बारे आफूलाई ज्ञान नभएको बताउँदै भनिन्, मलाई यो क्षेत्रमा कसरी आबद्ध हुने थाहा थिएन । उच्च शिक्षा अध्ययन गर्ने क्रममा अमेरिकी सेनाकी एक महिलासँग भेट भएको थियो । उसैले उपाय सिकाइन् ।’

अमेरिका गएदेखि एक पटक मात्रै नेपाल आएकी समृद्धि नेपाल आउन चाहन्छन् तर अमेरिकी सेनामा छुटी कम मिल्ने भएकोले पाएकी छैनन् । नेपाल भाषा र संस्कार राम्रो लाग्ने उनी भन्छिन् ।

‘हामी जहाँ रहे पनि हाम्रो संस्कृति र भाषा प्रबुद्ध गर्नु पर्छ, उनले भनिन्, यहाँ रहे पनि नेपाली साँस्कृत बहुत मन पर्छ । साडी पहिरिन बहुन रहर लाग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here