गुल्मीमा तीन जनाको शव फेला

संकेतिक तस्विर

१६ कात्तिक, गुल्मी बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा दुई बालबालिकासहित तीन जनाको शव फेला परेको छ ।

चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिए । शनिबार गुल्मीतर्फको जङ्गलमा शव फेला परेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताए ।

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो । स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले जानकारी दिए ।

“नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो”, उनले भने, “प्रहरी पुगेपछि मात्रै उनीहरुको पहिचान हुन्छ ।” घटनाको विषयमा थप जानकारी आउन बाँकी छ ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here