दुर्गा प्रसाईंले भने ‘म सुध्रिन तयार छु’

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू सुध्रिन तयार भएको बताएका छन् । देश छोडेर जान भने पनि त्यसका लागि तयार भएको उनले बताए ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘तपाईंहरुले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म जान तयार मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

साे अवसरमा उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको बताए । उनले जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

उनले भने देश भुंग्रोमा गएको छ, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’

मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले गत चैत १५ गते राजसंस्था पुनर्स्थापनाको पक्षमा भन्दै काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो । त्यसपछि भागेर भारत पुगेका उनलाई प्रहरीले पक्रेर ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here